मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

काँग्रेस केन्द्रीय सदस्यमा युवा नेता नैनसिंह महरको उम्मेदवारी किन ? 


  • 4.1K
    SHARES
  • https://indrenipost.com/posts/2248
    मंसिर २२, २०७८ बुधबार
    काँग्रेस केन्द्रीय सदस्यमा युवा नेता नैनसिंह महरको उम्मेदवारी किन ? 

    काठमाडौं । नेपाली काँग्रेस महासमितिका सदस्य, नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वअध्यक्ष तथा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि नैनसिंह महरले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी मंसिर २४ गतेदेखि २७ गगेसम्म काठमाडौंमा हुने १४औँ महाधिवेशनमा महरले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    केही दिनअघि महरले १४ एजेन्डासमेत अगाडि सार्दै उम्मेदवारी घोषणा गरेका थिए । जसअनुसार एक व्यक्ति एक पद दुईपटकमात्र, प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशील सदस्यत वितरण, सरकार र पार्टी सञ्चालनका लागि थिङ्क ट्याङ्क स्थापना, बिपी विचारको समय सापेक्ष कार्यान्वयन, व्यवहार र आचरणमा शुद्धता, आर्थिक पारदर्शिता, रूपान्तरणका लागि युवा काँग्रेसको स्थापनालायत सार्वजनिक गरेका थिए ।

    त्यस्तै नेतृत्वको आवधिक कार्ययोजना महाधिवेशनमै, लोकतन्त्रको संस्थागत विकास तथा असल नेतृत्व, कुशल व्यवस्थापन, योगदानमा आधारित जिम्मेवारी, मूल्यांकनका आधारमा सम्मान, निःशुल्क स्वास्थ्य तथा शिक्षाका, सर्वसुलभ यातायात र सञ्चार तथा गुणस्तरीय जीवनका आधार, लगानी मैत्री वातावरण, युवा उद्यमशीलता र स्वरोजगार अर्थतन्त्रमा सुधार, विविधताको सम्मान, रीतिरिवाज र मौलिकताको पहिचान, कानुनी राज्य, मानव अधिकार, सुशासन र समावेशीता तथा राष्ट्रिय स्वार्थ केन्द्रित विदेश नीति हुनुपर्ने लगायतका एजेन्डा नेता महरले अघि सारेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij