बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

१५ लाख डोज मोडर्ना खोप भोलि नेपाल आइपुग्ने


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/2256
    मंसिर २२, २०७८ बुधबार
    १५ लाख डोज मोडर्ना खोप भोलि नेपाल आइपुग्ने

    काठमाडौं । कोभिड–१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप भोलि नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप ल्याउन लागिएको हो ।

    साथै, आगामी आइतबार मोडर्नाकै थप १९ लाख ६५ हजार ६०० डोज खोप ल्याइने विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए । 

    यससँगै नेपाल भित्रने मोडर्ना खोपको कूल संख्या ३६ हजार ५१ हजार ६०० डोज पुग्नेछ । यसअघि शुक्रबार मोडर्नाकै एक लाख ८८ हजार डोज खोप ल्याइएको थियो । 

    यस्तै, कोभिशिल्डको ६ लाख डोज आज आइपुग्ने थापाले जानकारी दिए । यो खोप दिउँसो २ बजे नेपाल भित्रनेछ । कोभ्याक्स सुिवधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij