बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

अपडेट

पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


  • 1000
    SHARES
  • https://indrenipost.com/posts/2258
    मंसिर २२, २०७८ बुधबार
    पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  गत २४ घण्टामा आरटी-पीसीआर र एन्टिजेन बिधिबाट १२ हजार १७४ जनाको नमूना परीक्षण गर्दा बुधबार २८० जनामा संक्रमण पुष्टि भएको हो । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार १६८ जनाको पीसीआर र ३ हजार ६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २५५ जना र एन्टिजेन परीक्षणबाट २५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।  

    २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४७ पुगेको छ।

    गत २४ घण्टामा ३६६ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार २३९ जना सक्रिय संक्रमित रहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij