मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अधिवेशनको तयारी

१४औँ महाधिवेशनअघि काँग्रेसको अन्तिम केन्द्रीय समितिको बैठक बस्दै


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/2262
    मंसिर २३, २०७८ बिहीबार
    १४औँ महाधिवेशनअघि काँग्रेसको अन्तिम केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्दैछ । भोलिदेखि काँग्रेसको १४औं महाधिवेशनको पर्वसन्ध्यामा बस्न लागेको यो अन्तिम भनिएको छ ।

    बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई आमन्त्रण गरिएको छ । यो बैठकले १३ औं कार्यसमितिको समीक्षा र चौधौं महाधिवेशनको तयारीका बारेमा निर्णय गर्नेछ । 

    १४ औं महाधिवेशन भोलिदेखि २७ गतेसम्म हुँदैछ । भोलि राजधानीको भृकुटीमण्डपमा उद्घाटन हुनेछ । पर्सी उम्मेदवारी मनोनयन हुनेछ । २७ गते मतदान हुनेछ । 

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij