मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

महाधिवेशन महासंग्राम

काँग्रेस संस्थापनपक्षले सहमहामन्त्री थप्ने, इतरपक्षले प्रतिवाद गर्ने


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/2263
    मंसिर २३, २०७८ बिहीबार
    काँग्रेस संस्थापनपक्षले सहमहामन्त्री थप्ने, इतरपक्षले  प्रतिवाद गर्ने

    काठमाडौं । नेपाली काँग्रेसले १४औं महाधिवेशन उद्घाटनका अघिल्लो दिन केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार साढे ११ बजे बस्ने गरि बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

    बैठकमा सहमहामन्त्री थप गर्नेबारे प्रस्ताव आउन सक्ने सभापति शेरबहादुर देउवा निकट नेताहरुले बताएका छन् । पदाधिकारीमा आकांक्षीहरु धेरै भएको र नेताहरुको पद व्यवस्थापन गर्नका लागि सहमहामन्त्रीमा कम्तिमा दुई जना थप गरेनबारे प्रस्ताव आउन सक्ने नेताहरुले बताएका छन् । 

    पदाधिकारी र केन्द्रीय सदस्य थप्ने प्रस्ताव केन्द्रीय समितिको आजको बैठकमाआउन सक्छ। शीर्ष नेताहरु बीचमा कुरा हुन् पाएको त छैन । तर, प्रस्ताव आउनसक्छु देउवा पक्षीय एक नेताले भने । संस्थापन इतरपक्षले भने सभापतिबाट त्यस्तो प्रस्ताव आए प्रतिवाद गरिने जनाएको छ । केन्द्रीय समितिमा उक्त प्रस्ताव आए, प्रतिवाद गरिन्छ इतरपक्षका नेता अर्जुन नरसिंह केसीले भने । 

    काँग्रेसमा आठ जना सहमहामन्त्रीको व्यवस्था रहेको भएपनि खुलातर्फ एक जना पनि नभएकाले दुई जना खुलातर्फ सहमहामन्त्री थप गर्न प्रस्ताव गर्ने तयारी गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij