मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

फोटो फिचर

जाडो छल्न घोडाघोडी सिमसारमा आइपुगे पाहुना चरा


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/2268
    मंसिर २३, २०७८ बिहीबार
    जाडो छल्न घोडाघोडी सिमसारमा आइपुगे पाहुना चरा

    g7.jpg

    धनगढी । विश्व रामसार क्षेत्रमा सूचिकृत कैलालीको घोडाघोडी सिमसारमा यो बेला चराको चहलपहल बढेको छ ।

    g1.jpg

    जाडो छल्नका लागि रसियाको साइबेरिया, मङ्गोलियालगायतका स्थानबाट यहाँ आगन्तुक चरासमेत आएपछि चराचुरुङ्गीको चहलपहल बढेको हो । जलपंक्षी चरा खेलेको दृश्यले यतिबेला मनै लोभ्याउने गरेको छ ।

    g2.jpg

    जैविक विविधताले भरिपूर्ण यो सिमसारमा ३६० प्रजातिका चरा पाइन्छन् । जसमध्ये ६४ प्रजातिका जलपंक्षी रहेको चराविद् हिरुलाल डङ्गौरा बताउनुहुन्छ । यहाँ पाइने १२ प्रजातिका चरा विश्वमै दुर्लभ मानिन्छन् ।

    g3.jpg

    यहाँ पाइने कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसे फिस्टो, लघु महाचिललगायत विश्वमै दुर्लभ चरा हुन् ।

    g4.jpg

    दुर्लभ चरासमेत पाइने घोडाघोडी सिमसारमा पछिल्लो समय जथाभावी फोहोर फाल्ने, प्लाष्टिकजन्य वस्तु र बोतल फाल्ने क्रम बढेको छ । बढ्दै गएको प्रदूषणका कारण जलीय जीव र चराचुरुङ्गीमा गम्भीर असर पुग्ने सम्भावना बढेको छ ।

    g5.jpg

    प्रसिद्ध घोडाघोडी सिमसारमा ठूला र साना गरी २४ वटा ताल रहका छन् । कुल १० हजार ५७० हेक्टर क्षेत्रफलमा यो सिमसारमा फैलिएको छ ।

    g7.jpg

    तस्बिर : गोरखापत्र 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij