मंगलबार, साउन २७ गते २०८२ Aug 12 2025 Tuesday
images
images

१४औँ महाधिवेशन

काँग्रेस इतरपक्षको साझा उम्मेदवार रामचन्द्र पौडेल


  • 30.6K
    SHARES
  • https://indrenipost.com/posts/2269
    मंसिर २३, २०७८ बिहीबार
    काँग्रेस इतरपक्षको साझा उम्मेदवार रामचन्द्र पौडेल

     काठमाडौं । काँग्रेसमा संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरुको भेलाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    आज बिहान बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा भएको भेलाले वरिष्ठ नेता पौडेललाई आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार बनाउन सहमति जुटाएको हो ।

    युवानेताहरूले पौडेललाई सभापतिको उम्मेदवार बनाउने र सभापतिका अन्य आकांक्षीलाई पदाधिकारीमा व्यवस्थापन गर्न पनि उनीहरुले सुझाव दिएका छन् ।

    छलफल सकेर युवा नेताहरू प्रकाशमान सिंह र शेखर कोइरालालाई भेट्न गएका छन् । अर्जुननरसिंह केसी, बलबहादुर केसी र रामशरण महत प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन् भने गगन थापा, धनराज गुरुङ र जीवन परियारलगायत नेताहरू शेखर कोइरालालाई भेट्न गएका छन् ।

    पौडेललाई सभापतिका अर्का आकांक्षी शेखर कोइरालले पनि समर्थन गर्ने बताएका छन् । आजै बिहान पौडेलनिवास बोहोराटार पुगेर शेखर कोइरालाले साझा उम्मेदवार बन्न सक्ने अवस्थामा पौडेललाई आफ्नो समर्थन हुने बताएका हुन् ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij