आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

महाधिवेशन प्रतिनिधिहरुको रस्साकस्सी

काँग्रेस अधिवेशन नै नभएको प्रदेश-२ बाट कति आउँदैछन् महाधिवेशन प्रतिनिधि (सूचीसहित)


  • 2.6K
    SHARES
  • https://indrenipost.com/posts/2275
    मंसिर २३, २०७८ बिहीबार
    काँग्रेस अधिवेशन नै नभएको प्रदेश-२ बाट कति आउँदैछन् महाधिवेशन प्रतिनिधि (सूचीसहित)

    काठमाडौं । प्रदेश २ बाट नेपाली काँग्रेसको १४औं महाधिवेशनमा ७०५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।

    यस्तै महोत्तरी क्षेत्र नम्बर ३ तथा सर्लाहीको ४ वटा निर्वाचन क्षेत्रको प्रतिनिधि सूची भने प्राप्त भइनसकेको काँग्रेस निर्वाचन समितिले जनाएको छ ।

    प्रदेश २ मा सुरुदेखि नै विभिन्न जिल्लामा अधिवेशन गर्ने सम्बन्धमा विवाद रहेको थियो भने विवादकै कारण प्रदेश अधिवेशन समेत स्थगित गरिएको थियो ।

    प्रदेश २ काँग्रेस सभापतिका उम्मेदवार विमलेन्द्र निधिको गृहजिल्ला समेत हो । निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिको प्रारम्भिक सूचीअनुसार सप्तरीका ४ वटा निर्वाचन क्षेत्रबाट १०४ प्रतिनिधि सहभागी हुनेछन् भने सिरहाको ४ निर्वाचन क्षेत्रबाट १०५ प्रतिनिधि सहभागी हुनेछन् ।

    यस्तै धनुषाबाट पनि १०४ जनाको सहभागिता रहने भएको छ भने महोत्तरीबाट पनि १०४ जनाकै सहभागिता रहनेछ । यस्तै रौतहटबाट ८१, बाराबाट १०४ र पर्साबाट १०३ जना प्रतिनिधि चयन भएका छन् ।

    सूची :

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij