बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

समाचार

पुस ४ गतेदेखि विद्यालयमै बालबालिकालाई फाइजर खोप दिइने


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/2282
    मंसिर २४, २०७८ शुक्रबार
    पुस ४ गतेदेखि विद्यालयमै बालबालिकालाई फाइजर खोप दिइने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई ४ पुसदेखि कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिइनेछ । हिमाली जिल्लासहित ५७ जिल्लाका विद्यालयमै खोप केन्द्र तोकेर बालबालिकालाई खोप दिइने विभागले जानकारी दिएको छ ।

    यसअघि फाइजर खोप अभियान सञ्चालन भएका जिल्लाका बालबालिकालाई भने फाइजर खोप दिइनेछ । स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख सागर दाहालका अनुसार करिब १८ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने लक्ष्य राखिएको छ ।

    विभागका अनुसार ‘हिमाली जिल्लाको हकमा १ सयभन्दा बढी र अन्य जिल्लाको हकमा २ सयभन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड बनाइको छ । सोही मापदण्डअनुसार खोप केन्द्र निर्धारण गरेर बालबालिकालाई मोडेर्ना खोप दिइने जनाइएको छ । यो अभियान पुस १४ गतेमा सञ्चालन हुनेछ

    बालबालिकालाई फाइजर खोप दिइने जिल्लाहरू

    यसअघि फाइजर खोपका लागि तोकिएका २४ वटा विशेषज्ञ अस्पताल रहेका जिल्लाका बालबालिकालाई फाइजर खोप दिइने जनाइएको छ । जसअनुसार यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, सिन्धुली, चितवन, काभ्रे, कास्की, बागलुङ, रूपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराका गरी २४ वटा विशेषज्ञ अस्पतालबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप दिइएको थियो । यो समाचार राजधानी दैनिकमा छ । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij