मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

१४औँ महाधिवेशन संग्राम

काँग्रेस महाधिवेशन : उम्मेदवारको टुंगो अझै लागेन


  • 964
    SHARES
  • https://indrenipost.com/posts/2285
    मंसिर २४, २०७८ शुक्रबार
    काँग्रेस महाधिवेशन : उम्मेदवारको टुंगो अझै लागेन

    काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज १४औं महाधिवेशन सुरु हुँदै छ । काठमाडौंको भृकृटीमण्डपमा तयार मञ्चमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका छ । 

    तर यो खबर लेख्दासम्म पनि कांग्रेसका नेताहरूले पार्टी प्रमुख सभापतिकै उम्मेदवारी निश्चित गर्न सकेका छैनन् । साथै अन्य पदाधिकारीमा उठ्ने उम्मेदवार तोक्न पनि बाँकी नै छ । 

    संस्थापन पक्षबाट प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आगामी कार्यकालका लागि पनि पुनः सभापति पदमा उम्मेदवारी दिने निश्चित भए पनि विभिन्न नेता तथा समूहका अन्यले पनि यसमा प्रतिस्पर्धा गर्ने बताइरहेका छन् । यस्तै अन्य पदाधिकारीमा पनि धेरै जना आकांक्षी देखिएका छन् । 

    संस्थापनइतर समूहले पनि सभापति पदमा एउटै उम्मेदवार तोक्न सकेको छैन । पदाधिकारी उम्मेदवारीमा सहमति गर्न भनेर बिहीबार सभापति देउवाले राखेको कांग्रेस केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतका नेताहरू सहभागी नभएपछि त्यसबारे निर्णय हुन सकेन । 

    उता पौडेल पक्षमा पनि प्रकाशमान सिंह र डा. शेखर कोइरालाले सभापति पदमा उम्मेदवारी दिने अडान लिइरहेका छन् । सिंहका सहयोगी यूपी लामिछानेका अनुसार नेता सिंहले आज उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । 

    कोइराला र सिंहबीच सहमति भए आफू पछि हट्ने बताइरहेका वरिष्ठ नेता पौडेल उनीहरू दुवै सभापतिमा उठ्ने अडानमा रहेपछि अप्ठेरोमा परेका छन् । 

    यसरी पौडेल पक्षमा फाटो देखिएको अवस्थाको उपयोग गर्दै सभापति देउवा भने पुनः पार्टीको नेतृत्व हत्याउने रणनीतिमा लागेका छन् । उम्मेदवारीका विषयमा अहिलेसम्म निर्णय नदिएको कृष्ण सिटौला पक्षलाई समेटेर देउवा सभापति पदमा विजयी हुने दाउमा छन् । 

    सिटौला समूहले बिहीबार आफ्नो भेला गरे पनि महाधिवेशनमा कुन पक्षमा लाग्ने वा आफ्नो छुट्टै प्यानल बनाउने भन्ने विषयमा स्पष्ट पारेन । बरु नेता सिटौलाले भोलि शनिबार उम्मेदवारी दर्ता हुनुअघि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij