मंगलबार, साउन २७ गते २०८२ Aug 12 2025 Tuesday
images
images

राजनीति

यसरी गठन हुन्छ काँग्रेसको १६८ सदस्यीय केन्द्रीय कार्यसमिति


  • 2.9K
    SHARES
  • https://indrenipost.com/posts/2286
    मंसिर २४, २०७८ शुक्रबार
    यसरी गठन हुन्छ काँग्रेसको १६८ सदस्यीय केन्द्रीय कार्यसमिति

    काठमाडौं । नेपाली काँग्रेसको चौधौं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । चार दिनसम्म चल्ने भनिएको यो महाधिवेशनबाट मूलतः आगामी नेतृत्व चयन हुनेछ। कांग्रेसले नीति महाधिवेशन पछि बेग्लै गर्ने भनिसकेको छ ।

    यो महाधिवेशनले अधिकांश पदाधिकारीसहित १३४ जना केन्द्रीय सदस्य निर्वाचित गर्ने छ । एक जना कोषाध्यक्ष र ३३ जना केन्द्रीय सदस्य पछि मनोनित हुनेछन् ।

    यसअघि पदाधिकारीमा सभापति-१, महामन्त्री-१ र कोषाध्यक्ष-१ को लागि मात्रै निर्वाचित हुने व्यवस्था थियो । यसपटक भने मनोनित गरिने व्यवस्थालाई खुम्च्याइएको छ । कसरी गठन हुन्छ ?

    नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति काँग्रेस विधानमा रहेको व्यवस्था यसप्रकार छ :

    पदाधिकारी

    सभापति- १ जना
    उपसभापति- २ जना
    महामन्त्री- २ जना
    सहमहामन्त्री- ८ जना (महिला-१, आदिवासी जनजाति-१, दलित-१, मधेसी-१, खसआर्य-१, थारु-१, मुस्लिम-१, पिछडिएको क्षेत्र-१) कोषाध्यक्ष-१ (सभापतिबाट प्रस्तावित भई निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित/ मनोनित)

    केन्द्रीय सदस्यहरु :
    खुला–३५ जना
    महिला-९ जना
    प्रदेश-२१ जना (प्रत्येक प्रदेशबाट एक जना महिलासहित ३ जना)

    दलित–९ जना (४ जना महिलासहित)
    आदिवासी जनजाति-१५ जना (७ महिलासहित)
    खसआर्य-१३ जना (६ महिलासहित)
    मधेसी-९ जना (४ महिलासहित)
    थारु-४ जना (२ महिलासहित)
    मुस्लिम-३ जना (१ महिलासहित)
    पिछडिएको क्षेत्र-१ जना

    अल्पसंख्यक-१
    अपांगता भएका-१

    सभापतिबाट मनोनित-३३ जना एक तिहाइ महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अलपसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी सभापतिले मनोनित गर्ने ।

     

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij