काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् रक्षा मन्त्री मिनेन्द्र रिजालले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार नक्सालमा पत्रकार सम्भेलन गर्दै रिजाल पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
‘काँग्रेसमा नयाँ नेतृत्व आउनपर्छ, तर चुनावसम्म यहि सरकार रहन्छ’ उनले भने, ‘महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन हुन्छ । नेतृत्व परिवर्तनमा मेरो भूमिका महत्वपूर्ण रहनेछ।’ उनले काँग्रेसको मतगणना सकिएको दिन देउवा निवर्तमान सभापति बन्ने दाबी गरे ।
पार्टीमा नयाँ नेतृत्व आउन जरुरी रहेको भन्दै उनले महाधिवेशनबाट रुखको पुरानो पात झरेर नयाँ पात पलाउने धारणा राखे । उनी संस्थापनइतर समूहका नेता हुन् ।