मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

काँग्रेस १४औं महाधिवेशन : भृकुटीमण्डपमा उद्घाटन, महाधिवेशनस्थलमा हाई सुरक्षा अलर्ट, सिसीटीभीको निगरानी


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/2291
    मंसिर २४, २०७८ शुक्रबार
    काँग्रेस १४औं महाधिवेशन : भृकुटीमण्डपमा उद्घाटन, महाधिवेशनस्थलमा हाई सुरक्षा अलर्ट, सिसीटीभीको निगरानी

    काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । महाधिवेशनका लागि भृकुटीमण्डपमा मञ्च व्यवस्थापन लगायतका काम सम्पन्न भएको काँग्रेस काठमाडौं जिल्लाका सचिव गोविन्द पुडासैनीले जानकरी दिए ।

    उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने बताइएको छ । 

    सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ । 

    सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ । भृकुटीमण्डपमा बनाइएको मञ्चमा करिब ४०० मानिस अट्ने बनेको र ३ स्टेपमा नेता तथा पाहुनाहरुलाई राखिने उनले बताए ।

    महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ । यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ । यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् । 

    अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेको र उनीहरुका लागि आवश्यक महाधिवेशनसम्बन्धी विवरणसहितको झोला वितरण गर्ने काम बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सुरु गरिसकिएको पार्टी कार्यालयले जनाएको छ ।

    महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरुले भाग लिने भएकाले उनीहरुलाई बस्न एक लाइन छुट्टाइएको पुडासैनीले जानकारी दिए । महाधिवेशनस्थल वरपरका सबै दृश्य २४ घण्टै सिसीटीभीको निगरानीमा हुने बताइएको छ । यसका लागि महेन्द्र पुलिस क्लबमा कन्ट्रोल रुम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij