बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

कोरोना अपडेट

पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण ३ जनाको मृत्यु


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/2302
    मंसिर २४, २०७८ शुक्रबार
    पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण ३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २५९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३२ जना र एन्टिजन परिक्षण गर्दा २७ जना गरि जम्मा २५९ जना नयाँ संक्रमित थपिएका हुन् ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा ३३७ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १० हजार ४८७ जनाको कोरोना परिक्षण गरेका थिए भने ३ लाख २९ हजार ३२१ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ९ हजार ९९७ रहेको छ ।   

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij