बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

कोभिड-१९ अपडेट

पछिल्लो २४ घण्टामा २३६ जना कोरोना संक्रमित पुष्टि


  • 757
    SHARES
  • https://indrenipost.com/posts/2311
    मंसिर २५, २०७८ शनिबार
    पछिल्लो २४ घण्टामा २३६ जना कोरोना संक्रमित पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा २३६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार ६७२ पीसीआर र ३ हजार ५०६ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार ७५० जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ८८३  सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३०७ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ६ हजार ५४४ पुगेको छ । उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५३ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। ११३ जना आइसीयू र २७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

    पछिल्लाे २४ घण्टामा देशभर २ लाख ६६ हजार ९८८ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij