मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

सम्मेलनको तयारी

माओवादी केन्द्रको प्रदेश कार्यसमिति चयन आज


  • 3.0K
    SHARES
  • https://indrenipost.com/posts/2322
    मंसिर २६, २०७८ आइतबार
    माओवादी केन्द्रको प्रदेश कार्यसमिति चयन आज

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलनअन्तर्गत आज नेतृत्व चयन हुँदैछ । सात भौगोलिक र दुई गैरभौगोलिक गरी नौ प्रदेशमा हिजो एकैसाथ सम्मेलन उद्घाटन भएको थियो ।

    माओवादी केन्द्रले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । प्रवासबाहेक नौ प्रदेशको बन्दसत्रले आज नेतृत्व चयन गर्ने माओवादी केन्द्रले जनाएको छ ।

    सकेसम्म सबै प्रदेशमा कार्यसमिति सर्वसम्मतिले चयन हुने बताइएको छ ।

    माओवादी केन्द्रको प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति गठन हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुने छन् ।

    माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij