आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

माओवादी केन्द्रको प्रदेश अधिवेशन : सुदूरपश्चिममा अध्यक्षको दाबेदार को-को छन् ?


  • 5.5K
    SHARES
  • https://indrenipost.com/posts/2349
    मंसिर २७, २०७८ सोमबार
    माओवादी केन्द्रको प्रदेश अधिवेशन : सुदूरपश्चिममा अध्यक्षको दाबेदार को-को छन् ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश अध्यक्ष पदका लागि केन्द्रीय सदस्यदेखि प्रदेश पदाधिकारी र सदस्यहरुले दाबी पेस गरेका छन् ।

    प्रदेश अध्यक्ष भएमा स्थानीय तह र प्रदेश सदस्य टिकटमा हाबी हुन पाइने भएपछि नेताहरू बरु केन्द्रीय सदस्य छोड्न तयार भएका हुन् ।

    हालका प्रदेश अध्यक्ष शरदसिंह भण्डारी र सचिव देवीलाल चौधरी दुवैले अध्यक्षमा दाबी गरेका छन् । दुवै नेता माओवादीको प्रदेशमा कमिटीमा मात्रै छन् ।

    यस्तै, केन्द्रीय सदस्य वीरमान चौधरी, नेबहादुर चौधरी, हरिलाल चौधरी, नरेन्द्र कुँवरले अध्यक्षमा दाबी छोडेका छैनन् । हरि ज्ञवालीले पनि प्रदेश अध्यक्षमा र ओमविक्रम भाट ‘सरल’ले सचिव पदमा दाबी गरेका छन् ।  

    प्रदेश अध्यक्ष हुने आकांक्षी धेरै भएपछि केन्द्रीय सदस्य बाहेक वा यसअघिका अध्यक्षलाई कायम राखेर जानुपर्ने मत बलियो हुँदै गएको बैठकमा सहभागी एक नेताले बताए ।

    त्यसो नभएमा प्रदेश सदस्य मात्रै टुंगो लगाएर त्यहीँबाट मतदान गरेर टुंगो लगाउनु पर्नेमा कतिपय नेताहरु पुगेका छन् ।

    प्रदेश सदस्य र पदाधिकारी कसरी टुंगो लगाउने भन्ने विषयमा इन्चार्ज खगराज भट्ट लगायत नेताहरु छलफलमा जुटेको बताएको छ ।

    आइतबार बन्दसत्र, प्रतिवेदनमाथि समूह बनाएर छलफल गरेपछि आज मात्रै प्रदेश सदस्य र पदाधिकारी टुंगो लगाउन छलफलमा जुटेका छन् ।

    सुदूरपश्चिम प्रदेशमा सबै समुदायको प्रतिनिधित्व गराउनु पर्ने भएकाले अध्यक्ष र सचिव फरक फरक समुदायको बनाउनु पर्ने बाध्यता रहेको नेताहरुले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij