काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले संसदमा देखिएको गतिरोध हटाउन सर्वदलीय बैठक बोलाएर आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
आजबाट संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । तर, नकपा (एमाले)ले आफूले कारवाही गरेका सांसदहरुलाई नहटाएसम्म संसद चल्न नदिने भनेर अडान लिइरहेका छन् ।
आजको बैठक पनि एमालेले अवरोध गर्ने तयारी गरेका छन् । यसबिच माओवादीले सबै दलहरुलाई एकठाउँमा ल्याएर छलफल गरेर संसद संचालन गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले राष्ट्रिय सभामा गोपी अछामीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको छ । आज बसकेको संसदीय दलको बैठकले गंगा बेलबासेलाई सचेतक र रामनारायण बिडारीलाई सचेतक बनाउने निर्णय समेत गरेको छ ।
यस्तै, २१ सदस्यीय संसदीय बोर्डको गठन गर्ने निर्णय समेत माओवादीले गरेको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदस्यहरुले उठाएका विषयहरुको जवाफ दिएका थिए ।
उनले आजबाट सुरु हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् ।