आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी गठन


  • 2.9K
    SHARES
  • https://indrenipost.com/posts/2375
    मंसिर २९, २०७८ बुधबार
    माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी गठन

    सुदूरपश्चिम । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश सम्मेलनमा नेतृत्व चयनमा भएको रस्साकस्सीका कारण अन्ततः सुदूरपश्चिम प्रदेश कमिटी घोषणा भएको छ ।

    ढिलो गरी सुरु भएको बन्द सत्रले आज नेतृत्व चयन नगरी ११३ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो ।

    आइतबार सम्ममा सकिनु पर्ने सम्मेलन नेतृत्व चयनका को ढिलाइका कारण मंगलबार सम्ममा लम्बिएको थियो ।

    तर ढिलो गरी भए पनि  प्रदेश कमिटी  घोषणाले केही सहज बनाएको माओवादी केन्द्रका नगर सचिव रमेश भट्टराईले जानकारी दिए ।

    केहीबेर निर्वाचन आयोगका प्रमुख डा. केदार चन्द्र भट्टले महिला,युवा, दलित, मुस्लिम लगायत समानुपातिक सदस्यको छानबिन गरी सनाखत पछि मात्र प्रदेश कमिटी घोषणा गरेको उनले बताए ।

     प्रदेश सदस्यमा कैलाली बाट ६०, बाजुरा १५,डडेलधुरा १५, दार्चुला १६,डोटी १९,बैतडी १९,बझाङ १९, अछाम २२,कञ्चनपुर बाट २८ जना निर्वाचित भएको उनले बताए । 

    निर्वाचित प्रदेश सदस्यको पहिलो बैठक बाट नेतृत्व छनौट गर्ने उनले बताए ।

    यही पुस ११ देखि १३ गते केन्द्रमा हुने राष्ट्रिय सम्मेलनका लागि ८९ जना प्रतिनिधि छनौट गरेको छ ।

    डोटी  ८,बैतडी ८,डडेलधुरा ७ अछाम बाट ८ जना प्रतिनिधि छनौट भएका छन् ।त्यस्तै बाजुरा ५,बझाङ ६ , दार्चुला ५, कैलाली २४ र कञ्चनपुरबाट १८ जना छनौट भएको उनले बताए । 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij