मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

एमालेले संसद् अवरोध गर्नु विवेकहीनताको पराकाष्ठा : नेता नारायणकाजी श्रेष्ठ


  • 4.4K
    SHARES
  • https://indrenipost.com/posts/2379
    मंसिर २९, २०७८ बुधबार
    एमालेले संसद् अवरोध गर्नु विवेकहीनताको पराकाष्ठा : नेता नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेकपा (एमाले)ले संसद् बैठक लगतार अवरुद्ध गरेर लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको आरोप लगाएका छन् ।

    उनले एमालेको अवरोधलाई अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठको संज्ञा दिएको छन् ।

    संसद् सञ्चालनका लागि अपिल पनि गरेका छन् ।

    “नेकपा ९एमाले०ले संघीय संसद्को बैठक लगतार अवरुद्ध गरिरहेर लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको छ,” आज बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठा हो यो । लोकतान्त्रिक मान्यतालाई आत्मासात् गर्दै संसद् सुचारु गर्न नेकपा ९एमाले० लाई गम्भीर अपिल गर्दछु ।”

    एमालेले पार्टीले कारबाही गरेका सांसद्लाई पदमुक्त गर्न माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij