बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

पछिल्लो २४ घण्टामा २८० जना कोरोना संक्रमित, ६ जनाको मृत्यु


  • 973
    SHARES
  • https://indrenipost.com/posts/2394
    मंसिर २९, २०७८ बुधबार
    पछिल्लो २४ घण्टामा २८० जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा २८० जना कोरोना संक्रमित थपिएका छन् ।

    देशभर गरिएको ९ हजार २१२ पीसीआर र २ हजार ७८२ जनाको एन्टीजेन परीक्षणका क्रममा २८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २० हजार ८८९ जना पुगेको छ ।

    कुल संक्रमितमध्ये ५ हजार ६३५  सक्रिय संक्रमित छन् ।

    गत २४ घण्टामा ३०० जना संक्रमित निको भएका छन् ।

    यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ७ हजार ८१६ पुगेको छ ।

    उक्त अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको छ ।

    हाल ९६५ जना क्वारेन्टाइनमा छन् ।

    ११२ जना आइसीयू र २५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । 

    पछिल्लो २४ घण्टामा देशभर २ हजार ५२३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij