सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

दुवै मात्रा खोप लगाएका एक कोरोना सङ्क्रमितको मृत्यु


  • 3.3K
    SHARES
  • https://indrenipost.com/posts/2464
    पुष ४, २०७८ आइतबार
    दुवै मात्रा खोप लगाएका एक कोरोना सङ्क्रमितको मृत्यु

    बैतडी । बैतडीमा कोरोना भाइरस विरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको  जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

    बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका उनको कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका ती वृद्धाका शरीरमा अक्सिजन लेभल ७५ प्रतिशतभन्दा कम थियो ।

    कोभिसिल्डको दुवैमात्रा  लगाएका ती वृद्धाको  कमजोर स्वास्थ्य अवस्था, अक्सिजन कम र शरिरमा अत्याधिक ‘इन्फेक्सन’ भएर मृत्यु भएको अस्पतालले जनाएको छ । 

    कृतिम अक्सिजन दिँदा पनि कोरोनाका कारण शरीरमा इन्फेक्सन धेरै भएकाले बचाउन नसकिएको अस्पतालले जनाएको छ । बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।  जिल्लामा हाल तीन जना सक्रिय सङ्क्रमित छन् । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij