सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

एमसीसी पास गर्न सत्ता गठबन्धनभित्रैबाट विरोध, प्रधानमन्त्री देउवा अप्ठेरोमा


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/2484
    पुष ५, २०७८ सोमबार
    एमसीसी पास गर्न सत्ता गठबन्धनभित्रैबाट विरोध, प्रधानमन्त्री देउवा अप्ठेरोमा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन् ।

    नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसिसी अनुमोदन गराउने पक्षमा छन् । त्यसका लागि सहमति खोज्न उनले आइतबार गठबन्धनका साथै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरे ।

    तर,उक्त सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहभागी नै भएन भने सत्ता गठबन्धनमै रहेका दलहरूसमेत एमसिसीको विपक्षमा उभिए । यसकारण प्रधानमन्त्री देउवा गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका हुन् ।

    सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले एमसिसीको विपक्षमा उभिने स्पष्ट पारेको छ । साथै,सत्ता गठबन्धनमा नरहे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एमसिसी मुलुकको हितमा नभएको बताएका छन् । ती दलले एमसिसीको विपक्षमा उभिने बैठकमा स्पष्ट पारे । यो समाचार नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij