आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई तिहाई बढी केन्द्रीय सदस्यको समर्थन


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/2537
    पुष ७, २०७८ बुधबार
    काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई तिहाई बढी केन्द्रीय सदस्यको समर्थन

    काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाई बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ ।

    काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरुको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको हो ।

    मंगलबार साँझसम्मको मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली बनाउने देखाएको छ । पार्टी पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवा निकट नेताको पक्षमा परिणाम देखिएका छ ।

    नौ स्थानमा भएको महिला खुलातर्फ देउवाइतर समूहबाट सरिता प्रसाईं मात्र निर्वाचित भएकी छन् । चार पदका लागि भएको मधेसी महिलामा सबै देउवा निकट निर्वाचित भएका छन् । यो समाचार नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij