सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

मन्दिरमा महिलालाई दुर्व्यवहार गरेको आरोपमा धामी र पुजारी पक्राउ


  • 4.4K
    SHARES
  • https://indrenipost.com/posts/2542
    पुष ७, २०७८ बुधबार
    मन्दिरमा महिलालाई दुर्व्यवहार गरेको आरोपमा धामी र पुजारी पक्राउ

    सुर्खेत । महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतबाट प्रहरीले धामी र पुजारीलाई पक्राउ गरेको छ । 

    महिलामाथि दुर्व्यवहार भइरहेको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वीरेन्द्रनगर ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवाली छन् । 

    उनीहरुले लेकबेँसी नगरपालिका–४ दशरथपुरमा कुलपूजा गर्न आएकी महिलालाई दुव्र्यवहार गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।

    ‘पक्राउ परेकामाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेका छौँ, पीडित पक्षले अहिलेसम्म उजुरी दिएको छैन,’ उनले भने । 

    ती महिला यही पुस ४ गते आफ्नो कुलदेवताको पूजाका लागि माइती  आएकी थिइन् । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस 

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij