आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

काँग्रेस मतगणना आज सकिने, १२६ पदको नतिजा सार्वजनिक


  • 3.6K
    SHARES
  • https://indrenipost.com/posts/2546
    पुष ७, २०७८ बुधबार
    काँग्रेस मतगणना आज सकिने, १२६ पदको नतिजा सार्वजनिक

    काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको नेतृत्व चयनको मतगणना अन्तिम चरणमा पुगेको छ । तीन क्लस्टरबाहेक सबैको नतिजा सार्वजनिक भइसकेको छ । 

    खस आर्य, दलित र आदिवासी जनजातिबाहेक सबै क्लस्टरको नतिजा सार्वजनिक भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए ।

    उनका अनुसार १२६ पदको नतिजा सार्वजनिक भइसकेको छ । अन्य तीन क्लस्टरको पनि आजै नतिजा सार्वजनिक हुनेछ । बाँकी रहेको मतगणना आज बिहान १० बजेदेखि सुरु गरिने रावलले बताए । 

    कांग्रेसमा १३ पदाधिकारीसहित १३४ पदमा निर्वाचन भएको थियो । ‍पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरुको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको छ ।

    मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली देखिएका छन् । पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवा निकट नेताको पक्षमा परिणाम देखिएका छ ।

    महाधिवेशनको उद्‍घाटन गत मंसिर २४ गते भएको थियो। यसको तीन दिनपछि मंसिर २७ गते नयाँ नेतृत्वका लागि निर्वाचन भएको थियो । 

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij