आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

काँग्रेस केन्द्रीय सदस्यमा कर्णालीका मुख्यमन्त्री शाही पराजित हुँदा गण्डकीका पोखरेल विजयी


  • 2.6K
    SHARES
  • https://indrenipost.com/posts/2550
    पुष ७, २०७८ बुधबार
    काँग्रेस केन्द्रीय सदस्यमा कर्णालीका मुख्यमन्त्री शाही पराजित हुँदा गण्डकीका पोखरेल विजयी

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल काँगेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको मतदानको मंगलबार राति सार्वजनिक मतपरिणामानुसार मुख्यमन्त्री पोखरेलले दुई हजार ३०६ मत ल्याई विजयी भएका हुन् ।

    गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका ध्रुव वाग्ले निर्वाचित भएका छन् । वाग्लेले दुई हजार ७२० मत प्राप्त गरे ।

    यस्तै, शोभियतबहादुर अधिकारीले दुई हजार ३४ र रेशमबहादुर बानियाँले एक हजार ९३८ मत प्राप्त गरेको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    यस्तै, केन्द्रीय सदस्य महिलातर्फ सरस्वती अर्याल तिवारी निर्वाचित भएकी छन् ।

    यसअघि, काँग्रेसको सहमहामन्त्रीमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित भएका थिए । उनलाई बद्री पाण्डेले पिछडिएको क्षेत्रअन्तर्गत सहमहामन्त्री पदमा पराजित गरेका थिए ।

    निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले अहिलेको महाधिवेशनको ‘म्यान्डेट’ नै युवापुस्तालाई अगाडि बढाउने रहेकाले युवापुस्ता र पुराना पुस्ताबीचको अन्तरसंवाद कायम गरी अनुभव र सिकाइलाई हस्तान्तरण र पुस्तान्तरण गर्न लागिपर्ने बताए ।

    उनले पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र हिमाल, पहाड तथा तराईका समग्र कार्यकर्तामा रक्तसञ्चार गर्न लागिपर्ने प्रतिबद्धता जनाए ।

    मुख्यमन्त्री पोखरेल पार्टीको १२औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । 

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij