बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

पुस अन्तिम सातादेखि बुस्टर डोज खोप दिने सरकारको तयारी


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/2568
    पुष ८, २०७८ बिहीबार
    पुस अन्तिम सातादेखि बुस्टर डोज खोप दिने सरकारको तयारी

    काठमाडौं । सरकारले यही पुस अन्तिम सातादेखि कोभिड–१९ विरुद्ध ‘बुस्टर डोज’ खोप दिने तयारी गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका अनुसार विश्व स्वास्थ्य संगठनको अनुमति लिएर कोभिड–१९ को पूर्ण खोप लगाएको तीन महिना पूरा भएकालाई बुस्टर डोज दिन यसअघि नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ ।

    बुस्टर डोज पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई लगाइने र क्रमशः वृद्धवृद्धा, बालबालिका हुँदै सबै नागरिकलाई लगाइने मन्त्री खतिवडाको भनाइ छ ।

    विश्व स्वास्थ्य संगठनले कुल खोप लगाउने जनसंख्याको ५० प्रतिशतलाई पूर्ण खोप लगाइसकेपछि बुस्टर डोज सुरु गर्न सुझाव दिएको छ ।

    नेपालमा पुस ७ गतेसम्म ४९।१ प्रतिशतले पूर्ण डोज र ६२।५ प्रतिशतले एक डोज खोप लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij