आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

काँग्रेस दलित केन्द्रीय सदस्यतर्फ देउवा पक्षका ८ जना निर्वाचित


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/2569
    पुष ८, २०७८ बिहीबार
    काँग्रेस दलित केन्द्रीय सदस्यतर्फ देउवा पक्षका ८ जना निर्वाचित

    काठमाडौं । नेपाली काँग्रेसको जारी मतगणनामा दलिततर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवापक्षले वर्चश्व कायम गरेको छ । 

    पार्टी कार्यालय सानेपामा सम्पन्न दलिततर्फको केन्द्रीय सदस्यको मतगणनामा ९ पदमध्ये ८ जनामा देउवापक्षका विजयी भएका छन् । 

    दलिततर्फ पुरुष ५ र महिला ४ को परिणाम सार्वजनिक हुँदा पुरुषतर्फ एक जनामात्र इतरपक्षले जितेको छ । 

    दलित पुरुषतर्फको केन्द्रीय सदस्यमा प्रकाश रसाइली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली, मैकुलाल वाल्मीकि र  मान बहादुर नेपाली विजयी भएका छन्। विजयीहरुमा स्नेही बाहेक सबै देउवा पक्षका हुन् । 

    त्यस्तै महिलातर्फ चार जना पनि देउवा पक्षकै विजयी भएका छन् । दलित महिला तर्फ सुजाता परियार,रुपा विश्वकर्मा, लक्ष्मी परियार र शान्ति परियार विक केन्द्रीय सदस्यमा विजयी भएका छन् । 

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij