आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

काँग्रेस प्रदेश २ अधिवेशन : सभापति देउवा पक्षको क्लिनस्वीप, निधि–कोइराला पक्ष निल


  • 2.7K
    SHARES
  • https://indrenipost.com/posts/2575
    पुष १०, २०७८ शनिबार
    काँग्रेस प्रदेश २ अधिवेशन : सभापति देउवा पक्षको क्लिनस्वीप, निधि–कोइराला पक्ष निल

    काठमाडौं । जनकपुरमा जारी नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चुन्नका लागि भएको चुनावमा सभापतिसहित सबै पदाधिकारी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार निर्वाचित भएका छन् ।

    विमलेन्द्र निधि–शेखर कोइराला प्यानलका उम्मेदवारलाई हराउँदै प्रदेश २ समितिका आठै पदाधिकारीमा देउवा पक्षको क्लिनस्वीप भएको हो ।

    हालसम्मको मतगणना परिणामअनुसार शुक्रबार बिहानै निधि(कोइराला पक्षबाट सभापति पदका उम्मेदवार रामसरोज यादवलाई १४१ मत अन्तरले हराउँदै देउवा पक्षका कृष्ण यादव निर्वाचित भइसकेका छन् ।

    जसनअनुसार प्रदेश उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव र्निाचित भएका छन् । त्यसैगरी महामन्त्रीमा उपेन्द्रकुमार यादव र वृहस्पति कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

    सहमहामन्त्री खुलातर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी निर्वाचित भएका छन् ।

    यसैगरी सहमहामन्त्री महिलातर्फ बिन्दुकुमारी यादवको जित भएको छ । सभापतिसहित प्रदेश २ का आठै पद देउवा समूहको पोल्टामा परेको हो ।

    कुन उम्मेदवारले मत कति ?

    सभापति
    कृष्ण यादव – ९९६ विजयी

    रामसरोज यादव – ८५५

    उपसभापति
    चन्द्रशेखर यादव – ८९५ विजयी

    धनलाल ठोकर – ६३६

    विनोदकुमार खनाल – ७४०

    वीरेन्द्रप्रसाद सिंह – १०१९ विजयी

    राधाप्रसाद यादव – १२४

    महामन्त्रीका उम्मेदवार
    उपेन्द्रकुमार यादव – ९५९ विजयी

    नरेश यादव – ७७५

    विनोद चौधरी – १९५

    वृहस्पति कृष्ण श्रेष्ठ – ७८८ विजयी

    हरेशप्रसाद महतो – ७०३

    सहमहामन्त्री
    अरविन्द अमात्य – २५७

    जयनारायण प्रसाद यादव – ८७९ विजयी

    नारायण चौधरि–६०१

    परशुराम चौधरी – ८२२ विजयी

    विनोदकुमार यादव – ६९१

    रामनारायण महासेठ – ९७

    सहमहामन्त्री महिला
    बिन्दुकुमारी यादव – ८८९ विजयी

    भीमादेवी शर्मा – ५३२

    रीता यादव – १५६

    रेखादेवी महरान – ७६

    अब प्रदेश सदस्यहरूको मतगणना गर्न बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij