जनकपुर । नेपाली काँग्रेस पदेश २ को पहिलो अधिवेशनअन्तर्गत सदस्यतर्फको मतगणनाको विषयमा विवाद चर्किएको छ ।
उम्मेदवार र निर्वाचन समितिबीच गणनामा प्रतिनिधि राख्ने विषयमा सहमती हुन नसकेपछि प्रदेश सदस्यको गणना स्थगित भएको छ ।
गएराति पदाधिकारीको मतगणना सम्पन्न भएपछि सदस्य पदका उम्मेदवारले आफूसहित दुइ दुई जना प्रतिनिधि राख्न पाउनुपर्ने निर्वाचन समितिसँग माग गरेका थिए ।
तर गणनास्थलमा भीड बढेपछि समस्या हुने भन्दै निर्वाचन समितिले उनीहरुले राखेको प्रस्ताव अस्वीकार गरेको थियो ।