आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

सिके रावत नेतृत्वको जनमत पार्टी हड्ताल-तोडफोडमा उत्रियो


  • 3.0K
    SHARES
  • https://indrenipost.com/posts/2609
    पुष ११, २०७८ आइतबार
    सिके रावत नेतृत्वको जनमत पार्टी हड्ताल-तोडफोडमा उत्रियो

    जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टी हडतालमा उत्रिएको छ । आइतबार सिरहामा ‘आमहडताल’ भन्दै जनमतका नेता–कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

    आमहडताल उल्लंघन गरेको भन्दै प्रदर्शनकारीले जथाभावी सवारीसाधन तोडफोडसमेत गरेका छन् ।

    औरही गाउँपालिकाबाट गहुँको बिउ लुटेको आरोपमा पक्राउ परेका किसानको रिहाइको माग गर्दै सवारीसाधनलगायत ठप्प पारिएको छ । औरही–३, कडहरबाका किसान मिथिलेश यादवलाई गएको बिहीबार पक्राउ गरिएको थियो ।

    गाउँपालिकाको कृषि शाखाले गहुँ र स्वास्थ्य सामग्री लुटपाट गरेको भन्दै चार किसानविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको छ ।

    सोही आधारमा प्रहरीले एक किसानलाई पक्राउ गरेको र अरूको खोजी गर्न थालेपछि जनमतका नेता–कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij