सुर्खेत । जाजरकोटको क्वारेन्टाइनमा रहेकाहरुका लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । कर्णाली प्रदेशसभाका सदस्य माननीय कृष्णा शाहको बिशेष पहलमा कोपिला भ्यालि सेवा समाज सुर्खेतले जाजरकोटका स्थानिय तहमा रहेका क्वारेन्टाइनलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।
राहत सामाग्रिमा क्वारेन्टाइनमा रहेका सम्पुर्ण नागरिकलाई पुग्नेगरि एन ९५ माक्र्स, सेनिटाइजर, ब्रस, मन्जन, साबुन, जीवनजल, महिलाहरुका लागि सेनेटरी प्याट, बच्चाहरुका लागि हर्लिक्स, हरेक क्वारेन्टाइनलाई पानि खाने बाल्टिन, पानि सुदृढीकरण गर्ने पीयूष, ट्वाइलेट सफा गर्ने हारपिक, बिच्छ्याउने डसना, हरेक क्वारेन्टाइनलाई २-३ बोराका दरले चामल, प्रत्येक पालिकालाई १ रोल पिफम स्वास्थ्यकर्मीका लागि सेनिटाइजर, प्रत्येक क्वारेन्टाइनको १-२ सेटका दरले पीपीई सेट लगायतका सामाग्रीहरु सम्बन्धित पालिकालाई हस्तान्तरण गरियको सांसद शाहले जानकारी गराउनुभयो ।
त्यसैगरी हालसम्म कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान, रुकुम पश्चिममा स्वास्थ्य सामाग्री पुगीसकेको र बाँकी ठाउँमा पनि सामग्री पुर्याउने काम जारी रहेको छ । आज मात्रै जुम्ला जिल्लाको हिमा गाउँपालिकामा स्वास्थ्य सामाग्री गएको र जाजरकोटमा आज तीनवटा पालिकामा राहत सामाग्री गई सकेको छ । बाँकी पालिकाको राहत सामाग्री तयारिमा रहेको समाजका अध्यक्षले जानकारी गराउनुभयो ।
माननीय शाहले कोपिला भ्यालि सेवा समाजलाई सहयोगका लागि आभार प्रकट गर्नुभयो ।