बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

पछिल्लो २४ घण्टामा २ सय ७१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/2660
    पुष १२, २०७८ सोमबार
    पछिल्लो २४ घण्टामा २ सय ७१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० जनामा संक्रमण  पुष्टि भएको हो ।

    यही अवधिमा थप २२५ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल संक्रमितमध्ये ८ लाख ११ हजार ५ जना संक्रमणमुत्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ ।


    हाल देशभर ४ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयलका अनुसार सो अवधिमा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij