आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

१६ जिल्लामा काँग्रेसको अधिवेशन पुस २७ गते

  • 4.1K
    SHARES
  • https://indrenipost.com/posts/2669
    पुष १३, २०७८ मंगलबार
    १६ जिल्लामा काँग्रेसको अधिवेशन पुस २७ गते

    काठमाडौं । नेपाली काँग्रेसले रोकिएका १६ जिल्लाको अधिवेशन पुस २७ गते गर्ने निर्णय गरेको छ ।

    विभिन्न विवादका कारण रोकिएका जिल्ला अधिवेशन पुस २७ गते एकै लिन गर्ने काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार २७ गते बाँकी जिल्लामा अधिवेशन हुनेछ ।

    जिल्ला अधिवेशन हुन बाकी रहेका जिल्लाहरु सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली छन् । त्यस्तै मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर छन् ।

    जिल्ला अधिवेशन हुन बाँकी रहेका सबै १६ जिल्ला दुईभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्ला हुन् । क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छनोट भइसकेकाले पार्टीको केन्द्रीय महाधिवेशन भने सम्पन्न भइसकेको छ । 

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij