आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

सिके रावत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको उदण्ड, निषेधाज्ञा तोडेर प्रहरीमाथि आक्रमण


  • 3.4K
    SHARES
  • https://indrenipost.com/posts/2678
    पुष १३, २०७८ मंगलबार
    सिके रावत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको उदण्ड, निषेधाज्ञा तोडेर प्रहरीमाथि आक्रमण

    काठमाडौं । सिराहामा स्थानीय प्रशासनले निषेधाज्ञा तोडेर सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

    मंगलबार दिउँसो मिर्चैयामा निषेधाज्ञा तोडेर आन्दोलनकारीले प्रदर्शन र कोणसभा गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालयले दुई दिनका लागि निषेधाज्ञा जारी गरेको गरेको भए पनि आन्दोलनकारीहरु सडकमा आएका हुन् ।

    प्रदर्शनकारीले ‘जनता जनार्दन–जिन्दाबाद’, ‘किसान एकता–जिन्दाबाद’, ‘जनमत पार्टी–जिन्दाबाद’ लगायतका नारा लगाउँदै सडकमा आएका थिए ।

    उक्त पार्टीले मंगलबार र बुधबारका लागि जिल्लाको मुख्य बजारहरु गौर, गरुडा, बंकुल, चपुर लगायतका ठाउँहरुमा बेलुकी मसाल जुलुस प्रदर्शन, आमहडताल र किसान जनप्रदर्शनका कार्यक्रम राखेको थियो ।

    तर यता, जनमत पार्टीले विगत तीनदेखि जारी राखेको बन्द हड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले आज मंगलबार बिहानदेखि भोलि बुधबार बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij