बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

प्रचण्डले नातिलाई मासिक ५० हजार तिरेर पढाउने युलेन्सबाट सरकारी विद्यालयमा पठाउँलान् ?


  • 3.3K
    SHARES
  • https://indrenipost.com/posts/2703
    पुष १५, २०७८ बिहीबार
    प्रचण्डले नातिलाई मासिक ५० हजार तिरेर पढाउने युलेन्सबाट सरकारी विद्यालयमा पठाउँलान् ?

    काठमाडौं । मासिक ५० हजार शुल्क लाग्ने ललितपुरको युलेन्स स्कुलमा नाति पढाइरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि कार्यकर्ताले नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरेका छन् ।

    नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा बुधबार कम्तीमा केन्द्रीय सदस्यहरूका लागि यो नियम लागू हुनुपर्ने माग गरे ।

    पार्टीलाई गाउँ फर्काउने र जनमुखी बनाउने, सशस्त्र द्वन्द्वबाट आएको विरासत कायम राख्ने र अरू सबै राजनीतिक दलभन्दा भिन्न बन्ने उद्घोष गरेका अध्यक्ष प्रचण्डलाई कार्यकर्ताको यो माग ‘भालुको कन्पट’ भएको छ । युलेन्स स्कुलमा स्व. प्रकाश दाहाल र पूर्वमन्त्री विना मगरका ६ वर्षे छोरा कक्षा २ मा पढ्छन् ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदामाथिको समूहगत छलफलपछि निष्कर्ष प्रस्तुत गर्ने क्रममा पार्टी केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको हो ।

    समूह १० गण्डकीले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने क्रममा केन्द्रीय सदस्यले आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको हो । संघीय संरचनाअनुसार वैज्ञानिक शिक्षा नीति लागू गर्ने उल्लेख गर्नुपर्ने भन्दै सो समूहले उक्त प्रस्ताव गरेको जनाइएको छ ।

    महाधिवेशनको चौथो दिन बुधबार अध्यक्ष ‘प्रचण्ड’ को प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि भएको छलफलको समूहगत निष्कर्ष प्रस्तुत गर्ने कार्य चलेको थियो ।

    महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गर्नुभयो । प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भएको थियो ।

    गत आइतबारबाट शुरू भएको सो महाधिवेशनले १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने बताइएको छ । यो समाचार नेपाल समाचारपत्रमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij