बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिँदै, तेस्रो लहर बढ्ने खतरा


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/2725
    पुष १६, २०७८ शुक्रबार
    ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिँदै, तेस्रो लहर बढ्ने खतरा

    काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९ सय ६१ जना पुगेको छ ।

    मंगलबार ९ हजार १ सय ९५ जना कोरोना संक्रमित देखिएकोमा बुधबार भारतमा १३ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिए । यो संख्या भनेको एक दिनको फरकमा ४४ प्रतिशतले बढी हो ।

    यसरी भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसँगै संक्रमित दर थपिँदा त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ ।डेल्टा भेरियन्टले विश्व नै आक्रान्त बनेको पीडा भुल्न नपाउँदै हाल देखिएको नयाँ भेरियन्टले चुनौती थपिएको छ ।

    तर, यसअघि देखिएका भेरियन्टभन्दा कमजोर भएको भन्दै जनस्वास्थ्य मापदण्ड पालना नहुँदा ओमिक्रोन भेरियन्ट फैलिने क्रम बढिरहेको छ ।

    ओमिक्रोन संक्रमण बढ्न थालेपछि भारतले दिल्ली र महाराष्ट्रका अधिकारीले सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएका छन् । सुरुमा कोरोनाको नयाँ भेरियन्ट दक्षिण अफ्रिकी मुलुकमा देखिएको सो भाइरस भारतको २१ राज्यमा फैलिसकेको छ ।

    हालसम्म ८९ देशमा ओमिक्रोन भेरियन्ट फैलिसकेको छ भने बेलायतमा मात्रै सो भेरियन्टबाट ७ जना र अमेरिकामा एक जनाको मृत्यु भइसकेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij