काठमाडौं । पछिल्लो २४ घण्टाभित्र नेपालमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उक्त अवधिमा सात हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र एक हजार १९९ जनाको एन्टिजेन परीक्षण गर्दा छ जना गरी कूल २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको छ । सो अवधिमा २१२ जना संक्रमित निको भएका छन् ।
शुक्रबार थपिएकोसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या नौ लाख २४ हजार ६३३ पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ । संक्रमण भइ निको हुनेको संख्या आठ लाख ११ हजार ९५८ पुगेको मन्त्रालयले जनाएको छ ।