बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

कोरोनाविरुद्धको खोप भण्डारमा १ करोड १३ लाख डोज, पुस मसान्तको लक्ष्य पूरा नहुने


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/2746
    पुष १७, २०७८ शनिबार
    कोरोनाविरुद्धको खोप भण्डारमा १ करोड १३ लाख डोज, पुस मसान्तको लक्ष्य पूरा नहुने

    काठमाडौं । सरकारले पुस मसान्तभित्र ६६ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्ध खोप दिइसक्ने घोषणा गरेको भए पनि घोषित समयमा लक्ष्य पूरा नहुने संकेत देखिएको जनस्वास्थ्य तथा खोप विज्ञको विश्लेषण छ ।

    बिहीबारसम्म संघीयसहित सबै प्रदेशमा गरी १ करोड १३ लाख ५९ हजार ४ सय ७ डोज खोप भण्डारण रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ । 

    दैनिक ५ लाखदेखि ६ लाखजनाले खोप लगाएमा मात्र लक्ष्य प्राप्त हुने खोप शाखाका पूर्वप्रमुख डा. झलक गौतमले बताए । ‘लक्ष्य प्राप्त हुन दैनिक कम्तीमा ६ लाखलाई खोप दिनुपर्छ, त्यो देखिएको छैन’, उनले भने ।

    स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दैनिक खोप लिनेको संख्या औसत २ लाख ३० हजार आसपास छ । मंगलबार खोप लिनेकोे संख्या २ लाख ८३ हजार २ सय ६५ थियो भने बिहीबार यो संख्या ५६ हजार १ सय १२ र शुक्रबार १ लाख ३९ हजार १ सय ५२ जनाले खोप लिएका छन् ।

    सोमबार ५ लाख ८३ हजार ३ सय १९ जनाले खोप लगाएका थिए । विगतको तथ्यांक पनि समावेश भएकाले सोमबारको तथ्यांक धेरै देखिएको हुन सक्ने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनी बताउँछन् । यो समाचार नागरिक दैनिकमा छ । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij