काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ९५९ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।
उक्त अवधिमा पाँच हजार सात जनाको पीसीआर परीक्षण गरिएकोमा ३४२ जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।
यस्तै एन्टिजेन विधिमार्फत् १५ हजार ९५२ जनाको परीक्षण गर्दा ४० जनामा मात्र संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उक्त अवधिमा २५२ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या चार हजार ९६९ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण हुने मृत्यु शून्य रहेको छ ।