सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा ७ मलामीको मृत्यु, ८ जना घाइते


  • 3.7K
    SHARES
  • https://indrenipost.com/posts/2764
    पुष १८, २०७८ आइतबार
    पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा ७ मलामीको मृत्यु, ८ जना घाइते

    पाल्पा । पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा आठजना घाइते भएका छन् ।

    पाल्पाको रिब्दीकोट गाउँपालिका ३ लघुवामा आज बिहान बस दुर्घटनामा परेको हो । लु १ ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

    बसमा कम्तिमा पनि ३५ जना मलामी सवार रहेको बताइएको छ । बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जानकारी गराएको छ । अहिले पनि उद्धार कार्य जारी रहेको छ ।

    बस बुटबलदेखि रिडितर्फ गइरहेको थियो ।  लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भई ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताए ।

    घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन् । मृत्तकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । दुर्घटना बिहान १०ः३० बजे भएको बताइएको छ ।

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij