बिहीबार , साउन २२ गते २०८२ Aug 07 2025 Thursday
images
images

वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको निधन


  • 307
    SHARES
  • https://indrenipost.com/posts/9765
    साउन २१, २०८२ बुधबार
    वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको निधन

    कञ्चनपुर, २१ साउन – नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा आज निधन भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका –४ महेन्द्रनगर निवासी भण्डारीको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा निधन भएको हो ।
    उनलाई केही दिनअघि मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा आज उनले अन्तिम सास लिएका छन । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेकच भण्डारी जनमानस साप्ताहिकका संस्थापक सम्पादक समेत थिए । उनले कञ्चनपुर क्षेत्रको पत्रकारिता विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।
    स्व.भण्डारीका श्रीमती र दुई छोरा छन् । उनको निधनले सुदूरपश्चिमको पत्रकारिता क्षेत्रले एक अनुभवी, निष्ठावान् र कुशल नेतृत्व गुमाएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले बताए ।
    “भण्डारीजीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं,” सचिव पाण्डेयले भने ।
    पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद नारायणप्रकाश साउदले पनि भण्डारीको निधनप्रति दुःख व्यक्त गरेका छन। “उनी कुशल समाजसेवी र स्थापित पत्रकार थिए, उनको निधनले संचार क्षेत्रले एउटा प्रेरणादायी व्यक्तित्व गुमाएको छ,” सांसद साउदले शोक प्रकट गरे ।
    पत्रकारिता क्षेत्रमा जीवन समर्पण गरेका भण्डारीको योगदानलाई सधैं सम्झिने प्रतिवद्धता स्थानीय संचारकर्मीहरूले व्यक्त गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij