काठमाडौँ, २१ साउन – प्रहरी महानिरीक्षक दीपक थापाले हालै पदोन्नति भएका ३५ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
गृहमन्त्रीस्तर र गृह मन्त्रालय सचिवस्तरको साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट वरिष्ठ उपरीक्षकमा ११, नायव उपरीक्षकबाट उपरीक्षकमा ११ र निरीक्षकबाट नायव उपरीक्षकमा १३ जना पदोन्नति भएका थिए ।
प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भई चिन्ह प्राप्त गर्नेहरूमा तुलबहादुर कार्की, राकेश सिंह, राजीबबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाँल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल रहेका छन् ।
त्यसैगरी, प्रहरी उपरीक्षकमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पञ्जियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का पदोन्नति भएका छन् ।
प्रहरी नायव उपरीक्षकमा बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजङ्ग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईँ, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खरेल रहेका छन् ।
दर्ज्यानी चिन्ह प्रदान समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सबै पदोन्नति प्राप्त अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै जिम्मेवारीप्रति थप कटिबद्ध भएर संगठनको हितमा काम गर्न निर्देशन दिनुभएको थियो ।