तुर्कमेनिस्तान, २१ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न प्रकोपको सामना गर्न विश्वव्यापी साझेदारी र सहकार्य आवश्यक रहेको बताएका छन ।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनअन्तर्गत आज आयोजित छलफल सत्रमा सम्बोधन गर्दै उहाँले नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने देशहरू पनि जलवायु संकटको प्रतिकूल असरमा परेको उल्लेख गरेका छन ।
प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको संरक्षणको अवधारणा सहित सगरमाथा संवाद कार्यक्रम र दीर्घकालीन अनुकूलन रणनीतिबारे जानकारी गराउँदै, विश्व समुदायसँग एकीकृत जलवायु अनुकूलन कार्ययोजना बनाउन आग्रह गरेका छन ।
उनले दिगो विकासका लक्ष्य प्राप्तिका लागि अबको बाटो समन्वयात्मक र साझा प्रयास नै भएको उल्लेख गर्दै नेपालको तर्फबाट पूर्ण सहकार्य हुने प्रतिवद्धता समेत जनाएका छन ।