आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

३३ वर्षदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’कै एकछत्र राज


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/2808
    पुष २०, २०७८ मंगलबार
    ३३ वर्षदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’कै एकछत्र राज

    काठमाडौं । अरूले जे अनुमान गरे, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यही गरे । अर्थात्, पार्टीको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यको ‘लिस्ट’ पढेर सुनाए । त्यही केन्द्रीय समितिको बैठकले सोमबार आफ्नो ‘सर्वोच्च कमान्डर’ दाहाललाई घोषणा गरेको छ । यससँगै पार्टीको नेतृत्व अब पाँच वर्ष ‘औपचारिक’ रूपमा दाहालकै काँधमा आएको छ ।

    झन्डै ३३ वर्षदेखि एकल नेतृत्व हावी भइरहेको भन्दै ‘नेतृत्व र पुस्ता हस्तान्तरण’को बहस चल्यो । लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्ने भनेर चुनावी कार्यक्रमसमेत घोषणा गरियो । तर, अर्को निर्देशन जारी भयो– ‘केन्द्रीय सदस्यमा मात्र चुनाव हुन्छ । पदाधिकारी सबै केन्द्रीय कमिटीले निर्वाचित गर्ने ।’ 

    उनी २०११ मंसिर २६ गते कास्कीको साविक ढिकुरपोखरी गाविस–२ लेवाडेमा जन्मिएका हुन् । २०४५ सालमा नेकपा मशालको महामन्त्री बनेयता एकल नेतृत्वमा छन् । त्यही बेलादेखि माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय भएको थियो । ०५२ सालमा सशस्त्र द्वन्द्वमा होमिएपछि नेतृत्व झन् ‘केन्द्रीकृत’ गर्दै पार्टीले ‘प्रचण्डपथ’को अभ्यास गरेको थियो । 

    दाहालले यसपटक आठौं महाधिवेशनबाट ‘सामूहिक नेतृत्व’ प्रणाली विकास गर्ने भन्दै पदाधिकारीको व्यवस्था गर्न लगाएका थिए । तर, अध्यक्षबाहेक अरू कोही पनि पदाधिकारीमा छनोट हुन सकेका छैनन् । आगामी बैठकले १४ पदाधिकारी छनोट गर्ने जनाइएको छ । यो समाचार अन्नपूर्णपोष्टमा छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij