बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा आजदेखि, कस्ता व्यक्तिलाई लगाइन्छ ? (सूचनासहित)


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/2810
    पुष २०, २०७८ मंगलबार
    कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा आजदेखि, कस्ता व्यक्तिलाई लगाइन्छ ? (सूचनासहित)

    काठमाडौं । सरकारले कोरोनाविरुद्ध पूरा खोप लगाइसकेका ६० वर्ष नाघेका र कमजोर प्रतिरक्षा प्रणाली भएका नागरिकलाई आज (मंगलबार) देखि थप खोप (अतिरिक्त मात्रा) लगाउने भएको छ ।

    खोपका तीनवटै मात्रा लिएको ३ महिना पुगेका र चीनमा निर्मित भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त खोप लगाइदिने भएको हो । 

    कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’का कारण आउन सक्ने अर्को लहरको जोखिमबाट बच्न विज्ञहरूले बुस्टर डोज आवश्यक रहेको बताइरहेका बेला सरकारले ‘अतिरिक्त खोप’ दिने अभियान सञ्चालन गर्न लागेको हो । तर सरकारले यसलाई बुस्टर डोज भनेको छैन । 

    कोरोनाविरुद्धको खोपको अतरिक्त  मात्रा आजदेखि दिने बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना जारी गरी जानकारी दिइसकेको छ । सूचनाअनुसार लक्षित नागरिकलाई पहिले लगाएकै खोप दिइनेछ । 

    स्वास्थ्य मन्त्रालयको सूचनाअनुसार अतिरिक्त मात्रा यी ६ समूहका व्यक्तिलाई दिइनेछ :

    १. मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका

    २. सक्रिय क्यान्सर रोगी 

    ३. अंग प्रत्यारोपण गरेका

    ४. एचआईभी संक्रमित 

    ५. उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि खाइरहेका 

    ६. भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेका

    यी समूहमा परेका व्यक्तिले नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। 

    सूचना पनि हेर्नुहोस्

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij