काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले नेताहरूसँगको छलफलपछि उम्मेदवारको नाम टुंगो लगाएका हुन् ।
माओवादी केन्द्रमा प्रदेश २ उर्मिला अर्याल, गण्डकीमा अन्यबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार चयन भएका छन् ।यस्तै कर्णालीमा अपांगबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलितबाट जगत पार्की उम्मेदवार बन्ने भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारि दिए ।
सोमबार बसेको माओवादीको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सभाका उम्मेदवार छान्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो ।१२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।