बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/2824
    पुष २०, २०७८ मंगलबार
    पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ९ हजार ३२९ जनाको नमूना परीक्षण गर्दा मंगलबार ३९३ जनामा संक्रमण पुष्टि भएको हो । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ७९४ जनाको आरटी पीसीआर र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

    पीसीआर परीक्षणबाट ३५५ र एन्टिजेन परीक्षणबाट ३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

    मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ । 

    अनुसार गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी २६३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर कोरोना भाइरसका ५ हजार ९४ जना सक्रिय संक्रमित रहेका जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij