विराटनगर स् प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि ३ पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अन्तिम समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २ जनाको उम्मेदवारी दर्ता गराएसँगै ८ जना पुगेका हुन् ।
यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा (एकीकृत समाजवादी)की जयन्ती राई र जनता समाजवादी पार्टी (जसपा)का हेमराज थुलुङ राईले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी नेकपा एमालेबाट गुरुप्रसाद बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गराएका छन् ।राप्रपाका तर्फबाट झापाका अमर विष्टले खुला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपामा प्रदेशसभाका एक सांसद र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष गरी ४ जनाको मत भार १ सय २० रहेको छ ।राप्रपाले अपाङ्गता तथा अल्पसंख्यकतर्फ भने उम्मेदवारी दिएको छैन ।
चारवर्षे कार्यअवधि पूरा गरी रिक्त हुने राष्ट्रियसभाका ३ सदस्यका लागि माघ १२ गते निर्वाचन हुनेछ ।